फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिप

पाकिस्तानमाथि नेपालको रोमाञ्चक जित

काठमाडौं । नेपालले फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपमा पहिलो जित निकालेको छ ।

नेपालले माल्दिभ्सको मालेमा बिहिबार सम्पन्न खेलमा पाकिस्तानमाथि ६६-६२ को रोमाञ्चक जित निकालेको हो । जितसँगै नेपालले सेमिफाइनल सम्भावनालाई जिवितै राखेको छ ।

नेपाल पहिलो खेलमा भुटानसँग ६१-५५ ले पराजित भएको थियो ।

नेपालले तेस्रो खेलमा शनिबार बंगलादेशको सामान गर्नेछ । 

जुन २२ सम्म हुने प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका पाँच राष्ट्रको सहभागिता छ ।

प्रतियोगिताको लिग चरणमा नेपाल सहित माल्दिभ्स, बंगलादेश, भुटान र पाकिस्तानले एक अर्कासँग एक/ एक खेल खेल्नेछन् ।

लिग चरणका शीर्ष चार टोलीले सेमिफाइनल पुग्नेछन् ।