फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिप

नेपालले पहिलो खेल भुटानसँग खेल्ने

फाइल फोटो

काठमाडाैं । नेपालले फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपको पहिलो खेलमा भुटानको सामना गर्ने भएको छ ।

आयोजक माल्दिभ्स बास्केटबल संघले मंगलबार निकालेको खेल तालिकाअनुसार नेपाल र भुटानबीचको खेल जेठ ३१ गते हुनेछ ।

यसैगरी नेपालले जेठ ३२मा पाकिस्तान, आसर २मा बंगलादेश तथा असार ३ मा आयोजक माल्दिभ्सको सामना गर्नेछ।

१२ खेलाडीसहित १६ सदस्यीय नेपालीटोली सोमबार माल्दिभ्स प्रस्थान गरेको थियो ।

टोलीको प्रशिक्षकमा विपिन कपाली र नृपेश श्रेष्ठ तथा व्यवस्थापकमा सुशील गुरुङ छन्। फिबा रेफ्री राजकुमार महर्जनले प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्नेछन् ।

जेठ ३१ देखि असार ७ सम्म हुने प्रतियोगितामा नेपालसहित माल्दिभ्स, बंगलादेश, भुटान र पाकिस्तानले एक अर्कासँग एक/ एक खेल खेल्ने छन् । लिगपछि शीर्ष चार टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।  

नेपालको पुरुष बास्केटबल टोलीले सन् २०१९मा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) पछि पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो ।

नेपाली टोली
सदिश प्रधान (कप्तान), विनोद महर्जन (उपकप्तान), विजय बुर्जा, निकेश राखल मगर, मविन्द्र भण्डारी, अजय कुश्वाहा, दिवेश्वर शाह, आयुश सिंह, निश्चल महर्जन, मनिष केसी, अशिम श्रेष्ठ र श्रेयशबहादुर शाह रहेका छन् ।