तार्केश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा

एलएनए दुवै स्पर्धाकाे फाइनलमा

तार्केश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबलतर्फ सिनियर गर्ल्समा प्रतिस्पर्धा गर्दै खेलाडी

काठमाडौं । लालिगुराँस नेसनल एकेडेमी (एलएनए) प्रथम तार्केश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा मंगलबार दोहोरो उपाधिनजिक पुगेको छ।

तार्केश्वर नगर प्याब्सनद्वारा आयोजित प्रतियोगिताको जुनियर ब्वाइज सेमिफाइनलमा एलएनएले हिमरश्मीलाई २०-१३ ले पराजित गरेको हो । एलएनएको जितमा साहिल पुनले १४ अंक योगदान गरे ।

फाइनलमा एलएनएको भेट एन्जल्स हार्टसँग हुनेछ । अर्को सेमिफाइनलमा रुपेश पौडेलको  नाै अंककाे सहयोगमा एन्जल्स हार्टले सिद्धार्थ मोडललाई २३-१४ ले हराएको थियो ।

एलएनएले मनमैजुस्थित घरेलु कोर्टमा सिनियर गर्ल्सकाे सेमिफाइनलमा  ल्यान्डमार्कलाई २४-१९ ले हरायो । एलएनएकी सिमरन महर्जनले १४ अंक जोडिन् । उपाधिका लागि एलएनएले न्यू एराको सामना गर्नेछ।

न्यु एराले हिमरश्मीलाई १९-१२ ले पराजित गरेकाे हाे । न्यू एराकी प्रनिशा श्रेष्ठले आठ  स्कोर गरिन् । दुवै फाइनल बुधबार हुनेछ ।