महिला चार सय मिटर रिले दौडमा आर्मीलाई स्वर्ण

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला चार सय मिटर रिले दौडमा त्रिभुवन आर्मी क्लबले आर्मीले स्वर्ण पदक जितेको छ । 

आर्मीले गण्डकी प्रदेशलाई पछि पार्दै स्वर्ण पदक जित्यो । आर्मीका लागि रमिता गुरुङ सरस्वती चौधरी, जयरानी थारु र निर्मला थापाले निर्धारित दुरी ४९.६० सेकेण्डमा दुरी पूरा  गरे ।

गण्डकीका लागि मनिसा अधिकारी, अनिषा भण्डारी, सविना खातुन मिया र निशा घर्तीले ५२.७५ सेकेण्डमा दुरी पुरा गर्दै रजत पदक जिते भने बागमतीका लागि रजीता दुलाल, स्वगता खाइजु, प्रकृती सुवाल र लुजना आमात्यले निर्धारित दुरी ५२.७६ मा पूरा गर्देै कास्य पदक जिते ।