खेलकुद सम्झौता

एचएसएम र सिएसएस इन्डियाबीच सम्झौता

काठमाडाैं । हिमालय स्पोर्टस म्यानेजमेन्ट प्रा.लि (एचएसएम) र कम्प्लिट स्पोर्टस सोलुसन (सिएसएस इन्डिया) बीच सम्झौता भएको छ ।

सम्झौता पत्रमा एचएसएमका निर्देशक साहित्यराज श्रेष्ठ र सिएसएस इन्डियाका प्रवन्धक निर्देशक दिप्ति उम्मतले हस्ताक्षर गरे ।

आइतबार भएको सम्झौता अनुसार एचएसएमले सिएसएसको सहयोगमा नेपालमा विदेशी क्लबहरुसँग स्थाननिय क्लबहरुलाई साझेदारी दिलाउन सहयोग गर्नेछ ।

यसैगरी एचएसएमले नेपाली क्लब, विद्यालयलाई युरोप लगायतका विदेशी क्लबहरुसँग फुटबल, क्रिकेट, बास्केटबल खेल्नका लागि भ्रमणको व्यवस्था पनि मिलाउनेछ । एचएसएमले नेपालमा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता आयोजनाका लागि समन्वय पनि गर्नेछ ।

सिएसएस इन्डिया सिएसएस युकेको सहायक संस्था हो । यसको मुख्य कार्यालय लन्डनमा छ ।