एसियाली रग्बी सेभेन्स

१५ सदस्यीय रग्बी टोली कतार प्रस्थान

काठकमाडौं । एसियाली रग्बी सेभेन्स प्रतियोगितामा सहभागी हुन राष्ट्रिय पुरुष टोली बुधबार कतारको दोहा प्रस्थान गरेको छ । १२ खेलाडीसहित १५ सदस्यीय टोली कतार प्रस्थान गरेको हो ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, उपाध्यक्ष शिव कोइराला, प्रदेश खेलकुद परिषद्, गण्डकीका सदस्यसचिव श्रीधर पौडेल र नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटाले बुधबारै बिदाइ गरे ।

टोलीको प्रशिक्षकमा श्रीलंकाली विजेलाथ सन मार्क विजेसिंघे, व्यवस्थापकमा टंकराज गिरी र फिजियोमा देवान थापा छन् ।

प्रतियोगितामा १५ राष्ट्रको सहभागिता रहेको नेपाल रग्बी संघका सचिव विजय मोक्तानले जनाएका छन् । नेपालले पहिलो खेलमा शुक्रबार पाकिस्तानको सामना गर्नेछ ।

नेपाली टोली

विक्रम पुरी, यदु अधिकारी, नवीन गिरी, काल्भिन जोशी, नवीनबहादुर मगर, कपिल सापकोटा, पुजन फेवाली, रमितबहादुर मल, सुरोज राणा, सविन महत, मनोज मगर,महेश सुनार