एनएसएल

काठमाडौंमा थप दुई क्यामरुनी खेलाडी

काठमाडौं । साबिक विजेता काठमाडौं रेजर्सले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका  लागि थप दुई क्यामरुनी खेलाडी अनुबन्ध गरेको छ ।

काठमाडौंले बुधबार सामाजिक सञ्जालमार्फत रक्षक स्टेफन अबेकु अक्वाह र विंगर जुनियर अनगुइनेलाई भित्र्याएको जनाकारी दिएको हो ।

यससँगै काठमाडौंमा विदेशी खेलाडीको संख्या तीन पुगेको छ । क्लबले मंगलबार मात्र क्यामरुनकै रक्षक जुआन ओलिभर सिमो कुन्गुइसँग सम्झौता गरेको थियो ।

अक्वाहसँग विभिन्न भारतीय क्लबहरुबाट खेलेको अनुभब छ ।

हिसुब थपलिया मर्की खेलाडी रहेको काठमाडौंले मुख्य प्रशिक्षकमा बालगोपाल महर्जनलाई नै निरन्तरता दिएको छ ।

मंसिर ८ गतेबाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौंले स्पोर्टिङ इलाम एफसीको सामना गर्नेछ । फाइनल खेल पुष १४ मा हुने तालिका छ ।

गतसिजन खेलेको विराटनगर सिटी एफसीले नाम फिर्ता लिएपछि यसपटक ९ टोलीले दोस्रो संस्करण खेल्नेछन् । अघिल्लो संस्करणका ६ टोली विजेता काठमाडौं, उपविजेता धनगढी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, ललितपुर सिटी एफसी, बुटवल लुम्बिनी एफसीसँगै नयाँ टोली इलाम एफसी, वीरगञ्ज युनाइटेड एफसी र झापा एफसीले प्रतिस्पर्धा गर्नेछन् ।

काठमाडौंको टोली

हिसुब थपलीया (मार्की) दीपेश गुरुङ, अन्जन राई, अभिषेक बराल, कुलदीप कार्की, राजिभ लोप्चन, अमित तामाङ, खमिर गिल्सन कान्दङ्वा, प्रशान्त अवस्थी, राजाबाबु थापा, मौसम सुब्बा, जियारथ शेख, महेन्द्र कार्की, सुशील कुमार यादव, रोहन खड्गी, जुआन ओलिभर सिमो कुन्गुइ, स्टेफन अबेकु अक्वाह, जुनियर अनगुइने