राष्ट्रिय फुटसल छनोट

राष्ट्रिय फुटसल छनोटः दोस्रो चरणमा ३५ खेलाडी छानिए

काठमाडौं । मंगोलियामा हुने एएफसी फुटसल एसियन कप छनोट २०२४ मा सहभागी हुने राष्ट्रिय टोली लागि अखिल नेपाल फुटबल संघले खुल्ला छनोट प्रतियोगिताको दोस्रो चरण सम्पन्न गरेको छ ।

चन्द्रागिरी नगरपालिकास्थित मछेगाउँको मत्स्या रिक्रिएशन सेन्टरमा भइरहेको छनोट प्रतियोगिताबाट सोमबार ३५ खेलाडी छनोट भए । 

प्रारम्भिक खुल्ला छनोटबाट आइतबार ७५ खेलाडीले पहिलो चरणमा स्थान बनाएका थिए ।

बिहिबारसम्म चल्ने छनोट प्रतियोगितामा मंगलबार दोस्रो चरणको छनोट खेलहरु हुनेछन् ।

 छनोटबाट एन्फाले २५  खेलाडीलाई बन्द प्रशिक्षणमा राख्नेछ । बन्द प्रशिक्षणबाट १४ सदस्यीय अन्तिम टोली घोषणा हुनेछ ।

नेपाली टोलीको जिम्मेवारी प्रशिक्षक गौरव बस्नेतले सम्हाल्नेछन् ।

एएफसी फुटसल एसियन कप छनोट २०२४ को समूह ‘डी’ मा नेपालसहित भियतनाम, दक्षिण कोरिया र मंगोलिया छन् । यो समूहका खेलहरु आगामी अक्टोबर ७ देखि ११ तारिखसम्म मंगोलियामा हुनेछन् ।

छनोट प्रतियोगितामा सहभागी ३१ टोलीलाई आठ समूहमा विभाजन गरिएको छ । हरेक समूहको शीर्ष स्थानमा रहने टोली सोझै एएफसी फुटसल एसियन कपका लागि छानिने छन् । त्यस्तै सात उत्कृष्ट उपविजेता टोलीले पनि प्रतियोगितामा स्थान बनाउने छन् ।

दाेस्रो चरणका लागि छानिएका खेलाडी