एसियाली खेलकुद

तेक्वान्दो टोली थाइल्यान्ड जाने

वैदेशिक प्रशिक्षणका लागि थाइल्यान्ड जाने तेक्वान्दो टोली लगायत

काठमाडौ. चीनको हाङझाउमा हुने १९ औं एसियाली खेलकुदको थप तयार स्वरुप वैदेशिक प्रशिक्षकणका लागि तेक्वान्दोको ग्योरोगी टोली मंगलबार थाइल्यान्ड प्रस्थान गर्ने भएको छ ।

९ खेलाडीसहित १२ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, राखेप बोर्ड एवं कार्यकारी समितिकी सदस्य नन्दा बस्याल र राखेपका सदस्य मानदेव हजराले सोमबार बिदाइ गरे ।

पुरुष खेलाडीमा राहुल कुमाल (५८ केजीमुनि), गोविन्दबहादुर आले (६३ केजीमुनि), वीरबहादुर महरा (६८ केजीमुनि), अभिषेक बराल (८० केजीमुनि) र ज्याकी यादव (८० केजीमाथि)  छन् ।

महिलामा अन्जली तामाङ (४९ केजीमुनि), आयशा लामा (५३ केजीमुनि), सन्ध्याकुमारी सिंह (५७ केजीमुनि)  र इन्दिरा बस्नेत (६७ केजीमुनि) छन् ।

प्रशिक्षकमा टीकाप्रसाद लिम्बु, कुमार लामा घिसिङ र ज्ञानी चुनारा (स्वयंसेवक) छन् । टोली सेप्टेम्बर १७ तारिख नेपाल फर्कने कार्यक्रम छ ।

एसियाली खेलकुदको  पुम्सेमा सहभागी हुने खेलाडी प्रेमबहादुर लिम्बु र स्वस्तिका तामाङ भने मलेसियामा वैदेशिक प्रशिक्षण पश्चात स्वदेश फर्किसकेको प्रशिक्षक लिम्बुले जानकारी गराए ।