राष्ट्रपति रनिङ सिल्ड बागमती छनोट

राष्ट्रपति रनिङ सिल्ड बागमती छनोटः अभी र डिनालाई स्वर्ण

राष्ट्रपति रनिङ सिल्डको एथलेटिक्सतर्फ एक सय मिटर दौडमा प्रतिस्पर्धा गर्दै छात्र खेलाडी

काठमाडौं । काठमाडौंका अभी डाँगी र मकवानपुरकी डिना गोपालीले १३ औं राष्ट्रपति रनिङ सिल्ड बागमती प्रदेश छनोट प्रतियोगिता अन्तर्गत एथलेटिक्सको एक सय मिटर दौडमा सोमबार स्वर्ण जितेका छन् । अभी छात्र तथा डिना छात्रामा पहिलो भएका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अभीले निर्धारित दूरी ११.८ सेकेन्डमा  पूरा गरे । मकवानपुरका सुजन राई तथा चितवनका आशिष राउत तेश्रो भए । डिनाले दौड पूरा गर्न १३.९ सेकेन्ड समय लगाइन् । भक्तपुरकी स्वागता खइजुले दोश्रो तथा चितवनकी रोजिना गुरुङलेतेश्रो स्थान हासिल गरे ।

प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशद्धरा आयोजित प्रतियोगिताको छात्र आठ सय मिटर दौडमा नुवाकोटका दिनेश राईले स्वर्ण जिते । दिनेशले दुई मिनेट १०.४ सेकेन्ड समय निकाले । मकवानपुरका सुमन योञ्जनले रजत तथा सिन्धुलीका आशाराम अधिकारीले कांस्य जिते ।

सो स्पर्धाको छात्रामा दुई मिनेट ४८.२ सेकेन्ड समयका साथ सिन्धुपाल्चोककी अस्मिता भुजेलले पहिलो स्थान हात पारिन् । नुवोकोटकी आस्था राई दोश्रो तथा दोलखाकी सुष्मा भुजेल तेश्रो भए ।

छात्र ट्रिपलजम्पमा चितवनका सुजितकुमार महतो शीर्ष स्थानमा रहे । उनले १३.२४ मिटर जम्प गरे । दोलखाका सुदिप मिजार दोश्रो तथा धादिङका सुवाल वल तेश्रो स्थानमा रहे ।

उक्त स्पर्धाको छात्रामा ९.४९ मिटर जम्प गर्दै चितवनकी प्रनिशा महतो पहिलो भइन् । काभ्रेकी विजया गिरी दोश्रो तथा भक्तपुरकी स्वागता खइजु तेश्रो भए ।
छात्र ज्याभ्लिन थ्रोमा मकवानपुरका सुमन योञ्जनले ४४.३२ मिटर थ्रो गर्दै स्वर्ण हात पारे । दोलखाका धनबहाुर तामाङले रजत तथा रामेछपका सञ्जय मोक्तानले कांस्य जिते । 
उक्त स्पर्धाको छात्रामा २८.५३ मिटरसहित  चितवनकी अप्सरा श्रेष्ठ पहिलो भइन् । धादिङकी अप्सरा सुनुवार दोश्रो तथा रामेछापकी अरुणा मानन्धर तेश्रो भए ।

यसैगरी मार्सल आर्ट्समा काठमाडौंले ‘क्लिन स्विप’ गरेको छ । करातेमा ६ स्वर्ण, उसुमा चार स्वर्ण र तेक्वान्दोमा ती स्वर्ण जित्दै काठमाडौं टिम च्याम्पियन बन्न सफल भयो ।