जुडो

जुडोमा आर्मी टिम च्याम्पियन

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत जुडो खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लव च्याम्पीयन बनेको छ । आर्मीले सर्वाधिक ९ स्वर्ण जित्दै विभागीय महारथी च्याम्पियन बन्यो ।  आर्मीका लागि व्यक्तिगततर्फको विधामा महिला खेलाडीले ५ स्वर्ण पदक दिलाए भने पुरुष खेलाडीले ३ स्वर्ण पदक जिते । टिम मिक्स इभेन्टमा पनि आर्मीले पदक जितेको छ ।

नेपाल पुलिस क्लवले पुरुषतर्फ ४ र महिलातर्फ २ स्वर्ण पदक जित्दै दोस्रो स्थानमा रह्यो । दोस्रो स्थानमा रहेको नेपाल पुलिसले ६ स्वर्णसँगै ३ रजत  र ८ कास्य पदक जित्यो ।

वागमती प्रदेशले २ रजत र ७ कास्यसहित कुल ९ पदक, लुम्बिनी प्रदेशले १ रजत र ३ कास्यसहित ४ पदक, मधेश प्रदेशले १ रजत र २ कास्यसहित ३ पदक, एपीएफले १ रजत, १ कास्यसहित २ पदक र प्रदेश नम्बर १ ले ३ कास्य जितेको छ ।

सुदुरपश्चिम प्रदेशले २ कास्य पदक जितेको छ । कर्णाली प्रदेश र एनआरएनएले १÷१ कास्यमा चित्त बुझाए । घरेलु मैदानमा भएको नवौंको जुडोतर्फ गण्डकी प्रदेशले पदकको खाता खोल्नै सकेन । जुडोमा खाता नखोल्ने गण्डकी एक मात्र टिम हो ।

पुरुषतर्फ ६० केजीमुनि तौल समूहमा नेपाल पुलिसका उमेश मगरले स्वर्ण, वागमती प्रदेशका सचिन वाइवा लामाले रजत, एनआरएनएका विकास विक र नेपाल आर्मीका दिपक बस्ताकोटीले कास्य पदकमा चित्ता बुझाए ।

६६ केजीमुनि तौल समूहमा नेपाल पुलिसका इन्द्रबहादुर श्रेष्ठले स्वर्ण, नेपाल आर्मीका कर्मा तामाङले रजत पदक, आर्मीकै किरण भट्टराई र पुलिसका अश्विन पुलामी मगरले कास्य पदक जिते ।

७३ केजीमुनि तौल समूहमा नेपाल आर्मीका अनिल बलामीले स्वर्ण, नेपाल पुलिस क्लवका सुदेश दोंगले रजत, मधेश प्रदेशका राजु शर्मा बढाई र पुलिसका सन्जित दंगोलले कास्य जितेका छन् ।

८१ केजीमुनी तौल समुहमा नेपाल आर्मीका जगनबहादुर सारुले स्वर्ण, नेपाल पुलिस क्लवका मधु रोका मगरले रजत तथा वाग्मती प्रदेशका सञ्जय महर्जन र सुदुरपश्चिम प्रदेशका योगेन्द्र विष्टले कास्य पदक जिते ।

९० केजीमुनी तौल समुहमा नेपाल पुलिसका मनिष महतोले स्वर्ण पदक, नेपाल आर्मीका सुजन गुरुङले रजत तथा मधेश प्रदेशका गुड्डुकुमार शाह कानु र सुदुपश्चिम प्रदेशका सुरेश गिरीले कास्य पदक जिते ।

१०० केजीमुनी तौल समुहमा आर्मीका रमेशबहादुर चन्दले स्वर्ण, मधेश प्रदेशका हिमान्शु गुप्ताले रजत तथा नेपाल पुलिसका श्रीराम मकाजु र प्रदेश १ का निश्चल राईले कास्य पदक जिते ।

१०० केजीमाथी उमेर समुहमा नेपाल पुलिस क्बलका राजन जोशीले स्वर्ण, आर्मीका रन्जेश गोलेले रजत, वागमतीका आदित्य दाहाल र लुम्बिनीका प्रनितजंग सिंहले काँस्य जिते ।

यस्तै महिलातर्फको ४८ केजीमुनि तौल समूहमा नेपाल आर्मीकी सुमित्रा राईले स्वर्ण, एपीएफकी रत्ना तामाङले रजत तथा कर्णाली प्रदेशकी हिरा आचार्य र नेपाल पुलिस क्बलकी सोनिया भट्टले कास्य पदक जिते ।

५२ केजीमुनि तौल समूहमा नेपाल आर्मीकी देविकामाया श्रेष्ठले स्वर्ण, आर्मीकै रोशना डंगोलले रजत, वागमती प्रदेशकी सरिता मगर र नेपाल पुलिस क्लवकी सपना राईले कास्य पदक जिते ।

५७ केजीमुनि तौल समूहमा नेपाल पुलिसकी मनिता श्रेष्ठ प्रधानले स्वर्ण, नेपाल आर्मीकी सिमाकुमारी चिडीले रजत तथा नेपाल आर्मीकी सुस्मिता लावती र वागमती प्रदेशकी अञ्जु पाण्डेले कास्य पदक जिते ।

६३ केजीमुनि तौल समूहमा नेपाल आर्मीकी लिला अधिकारीले स्वर्ण, लुम्बिनी प्रदेशकी निर्मला कुवँरले रजत, नेपाल पुलिस क्बलकी दिलकुमारी छन्त्याल र वाग्मती प्रदेशकी शक्ति थापाले रजत पदक जिते । 
 
७० केजीमुनी तौल समुहमा नेपाल आर्मीकी पुनम श्रेष्ठले स्वर्ण, वागमती प्रदेशकी रञ्जना खड्काले रजत तथा नेपाल पुलिस क्लबकी रजनी मगर र प्रदेश १ की सुमन्ता राईले कास्य पदक जिते ।

७८ केजीमुनी तौल समुहमा नेपाल पुलिसकी दीपा गुरुङले स्वर्ण, आर्मीकी निर्मला घर्ती मगरले रजत, लुम्बिनीका शुसिलाकुमारी चौधारी र सम्झना चौधरीले कास्य जिते ।  
   
७८ केजीमाथि उमेर समुहमा नेपाल आर्मीकी आकृति जोशीले स्वर्ण, नेपाल पुलिसकी पुजा राजवंशीले रजत, नेपाल पुलिसकी भावना घर्ती मगर र वागमती प्रदेशकी अस्मिता गोलेले कास्य जिते ।