एपिएफ महिला फुटबल टिम

महिला फुटबलमा एपिएफलाई स्वर्ण

स्याङ्जा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबल प्रतियोगितमा एपिएफले स्वर्ण जितेको छ । वालिङ खेल मैदानमा बिहिबार नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै एपिएफले स्वर्ण जितेको हो ।

खेलको १० औँ मिनेटमा एपिएफकी सावित्रा भण्डारीले पहिलो गोल गरेर अग्रता दिलाएकी थिइन् । खेलकोे ५२ मिनेटमा सावित्राले पुनःअर्को गोल गर्दे गोल संख्या दोब्बर बनाइन् ।

७६ औँ मिनेटमा नेपाल पुलिस क्लबकी निरु थापाले एक गोल गर्दे जितको संभावना जिवित राखिन । निकै नै प्रतिस्पर्धात्मक भएको खेलमा पुलिसको लागि निरु थापाले गरेको एक गोल स्वर्णको लागि प्रयाप्त भएन । र पुलिसले रजतमै चित्त बुझाउन पर्यो ।