नवौं राष्ट्रिय खेलकुद

बागमती प्रदेशबाट फेन्सिङका २४ खेलाडी छनोट

काठमाडौं । आसन्न नवौ राष्ट्रिय खेलकुद २०७९ का लागि बागमती प्रदेशबाट फेन्सिङका १२ जना पुरुष र १२ जना महिला गरी २४ जना खेलाडी छनोट भएका छन् ।

शनिबार काठमाडौं फेन्सिङ एकेडेमीमा सम्पन्न भएको छनोट प्रतियोगितमा महिलातर्फ फोयल इभेन्टमा सुजाता कुँवर, गोमा आर्चाय, संगिता लम्साल, अस्मिता घिसिङ छनोट भए । इपी इभेन्टमा उषा खड्का, अलिषा अधिकारी, करुणा खड्का, पेमा योम्जम घले र साबार इभेन्टमा, शिक्षा नापित, सोफिया चन्ड, बिनिता कार्की, आकी प्रजापति छनोट भए ।

पुरुषान फोयलमा संजिप लामा, नारायण गौतम, पुरुषोत्तम खत्री र आर्यन कार्की छनोट भए । इपीमा ओमकार सिंह, भिष्मराज दाहाल, राहुल दर्शन, गगन राई र साबारमा पायष योञ्जन, सोयब मान श्रेष्ठ, अमिर रायमाझी र सास्वत परियार छनोट भए ।

नवौं राष्ट्रिय खेलकुदका लागि छनोट भएका खेलाडीहरुलाई बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालज्युले प्रमाण पत्र वितरण गरेका थिए । कार्यक्रमा बागमती प्रदेशका सदस्य सचिव सुर्यलाल भण्डारी, नेपाल फेन्सिङ संघका अध्यक्ष सुनिल कुमार श्रेष्ठ र संघका पदाधिकारीहरुको उपस्थिति थियो ।

नवौं राष्ट्रिय खेलकुद असोज २८ गते देखि कार्तिक ३ गते सम्म गण्डकी प्रदेशमा हुने तालिका छ ।