एसिया कप क्रिकेट

एसिया कप सुपर फोरः पाकिस्तानलाई बदलाको मौका

दुबई । एसिसी एसिया कपअन्तर्गत सुपर फोरमा भारतविरुद्ध मैदान उत्रिँदा पाकिस्तान समूह चरणको हारको बदला लिने लक्ष्यमा हुनेछ ।

संयुक्त अरब इमिरेट्स (युएई) स्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार राति ७ः४५ बजेदेखि सुरु हुनेछ ।

यसअघि समूह चरणको खेलमा भारतले पाकिस्तानलाई पाँच विकेटले हराएको थियो । पाकिस्तानले दिएको एक सय ४८ रनको लक्ष्य पाकिस्तानले पाँच विकेट गुमाएर पूरा गरेको थियो ।

यी दुई टिमले एसिया कपमा हालसम्म १५ पटक खेलेका छन् । जसमा भारत बलियो देखिन्छ । भारतले हालसम्म नौ खेलमा जित निकाल्दा पाकिस्तानले पाँच खेलमा जित निकालेको छ । एक खेल नतिजाविना टुङ्गिएको थियो ।

एसिया कपबाहेक यी दुई टिमले अन्त अन्तर्राष्ट्रिय प्रतियोगितामा हालसम्म आठ पटक प्रतिस्पर्धा गरेका छन् । यसमा पनि भारतले सात खेलमा जित निकाल्दा पाकिस्तानले दुई खेलमा मात्र जित निकालेको छ ।

सुपर फोरबाट शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।