ज्ञानेन्द्र मल्ल

ज्ञानेन्द्र मल्लको कप्तानीमा बागमतीको क्रिकेट टिम घोषणा

काठमाडौं । नवौं राष्ट्रिय खेलकुदका लागि ज्ञानेन्द्र मल्ल्को नेतृत्वमा बागमतीको पुरुष क्रिकेट टिम घोषणा भएको छ । नेपाली राष्ट्रिय टिमका पूर्व कप्तानसमेत रहेका मल्लको कप्तानीमा घोषणा भएको टिममा १४ खेलाडी समावेश छन् । यस्तै, चार खेलाडीलाई रिजर्भमा राखिएको छ ।

आइतबार घोषित टिमको उपकप्तान सुवाष खकुरेल हुनेछन् । यस्तै, अन्य खेलाडीमा रित गौतम, इशान पाण्डे, सुभ कन्साकर, विपिन आचार्य, नन्दन यादव, प्रतिस जिसी, राम नरेश गिरी, सुवाष खत्री, सुर्य तामाङ, तिलक राज भण्डारी, दिपेश श्रेष्ठ र सुमन सुनार छन् ।

यस्तै रिजर्भ खेलाडीमा रिजन ढकाल, टक्सक सिम्खडा, गौरभ खड्का र क्रिजन गुरुङ छन् ।

नवौं राष्ट्रिय खेलकुद असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकीमा हुने भनिए पनि क्रिकेट काठमाडौंमै हुनेछ । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने भनिएको नेपाल टी २० लिगकै समयसँग नवौंको तालिका जुधेपछि क्रिकेट भदौ २३ गतेदेखि नै सुरु हुनेछ ।