एनआरएनए रनिङ कप

प्रथम एनआरएनए रनिङ कप २०२२ को टाइसिट सार्वजनिक, ३५ टिम सहभागी हुने

टोकियो । गैरआवसीय नेपाली संघ (एनआरएनए) जापानको आयोजनामा हुने प्रथम एनआरएनए रनिङ कप २०२२ को टाइसिट सार्वजनिक भएको छ ।

जापानको टोकियोस्थित फुजीमोरी फुटसल पार्कमा मे २९ मा हुने प्रतियोगितामा कुल ३५ टिम सहभागी हुने एनआरएनए जापानका केन्द्रीय सदस्य मनोज श्रेष्ठले जानकारी दिए ।

प्रथम एनआरएनए फुटसल रनिङ कप २०२२ मा प्रथम हुने टोलीलाई ५ लाख येनसहित कप र रनिङ सिल्ड दिइने छ । त्यसैगरी दोस्रो हुने टिमलाई २ लाख ५० हजार र कप, तेस्रो हुने टिमलाई ७० हजार येन र कपसँगै अन्य विभिन्न विधामा पुरस्कार दिइने एनआरएनए जापान खेलकुद संयोजक नमस्ते गुरुङले जानकारी दिए ।

एनआरएनए जापानको इतिहासमै संस्थागतरुपमा पहिलो पटक आयोजित प्रतियोगिता बिहान ९ बजेबाट सुरु हुनेछ ।