बायर्न म्युनिख

सिटीका रक्षक कान्सेलो बार्यनमा अनुबन्ध

काठमाडौं । जर्मन बुन्डेलिगाको क्लब बायर्न म्युनिखले पोर्चुगिज रक्षक जाओ कान्सेलोलाई अनुबन्ध गरेको छ ।

बायर्नले कान्सेलोलाई जनवरी ट्रान्सफर विन्डोको अन्तिम दिन (मंगलबार) यस सिजनको अन्तिमसम्मका लागि लोनमा  लोनमा अनुबन्ध गरेको हो ।

इङ्लिस प्रिमियर लिगको क्लब म्याचेस्टर सिटीले कान्सेलोलाई स्थायी खेलाडीको रुपमा अनुबन्धको विकल्प समेत दिएको छ ।

२८ वर्षीय कान्सेलो २०१९ मा युभेन्ट्सबाट सिटी भित्रिएका थिए । कान्सेलोले  सिटीका लागि ९८ लिग खेलमा  पाँच गोल गरेका छन् ।