टेनिस

आइटिएफ वर्ल्ड टुरः अकी र आरभको जोडीलाई सफलता

काठमाडौं । नेपालका अकी जुवेन रावत र अमेरिकाका आरभसम्राट हाडाको जोडीले आइटिएफ वर्ल्ड टेनिस टुर जे ६० काठमाडौंअन्तर्गत सर्किट १ को ब्वाइज डबल्समा मंगलबार सफलता पाएका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा उक्त जोडीले नेपालका आयुशमान हजुर घले र दक्षिण कोरियाका होङ ह्वाङको जोडीलाई ६-१ र ६-२ को सोझो सेटमा पराजित गरे ।

अन्य खेलमा भारतका स्मिट निलेशभाइ पटेल र देबसिश साहु, चीनका फान्मिङ मेङ र हङकङका युएन वोङ, भियतनामका फाम ला होङ र रान क्वेक कुङ, हङकङका होङ क्यु लाउ र भारतका वंश नन्दल, भारतका हर्ष फोगात र नाभ्या वर्मा, दक्षिण कोरियाका जियोम डो र वोनमिन किम तथा भारतका सेहजसिंह पवार र प्रत्येशको जोडीले जित निकाले ।

 गर्ल्स डबल्समा  नेपालका शर्भानी श्रेष्ठ र सुनिरा थापाको जोडीले भारतका सराह गोम्स र तनिशा रोयको जोडीलाई ७-५ र ६-१ को सेटमा हराए ।

सोही स्पर्धामा बेल्जियमकी केमिले फिसेट र हङकङका लिङ छुन वोङ, भारतका अनुष्का भोला र मेहक कपुर, थाइल्यान्डकी कान्छ्या छुङवातना र भारतकी अमोदिनी नायक, भारतका अर्जन खोराकिवाला र समैरा पाहवा, भारतका काइरा सिद्धार्थ चेतनानी र दुर्गान्सी कुमार, भारतका सिम्रिन अहमद र सौम्य रोन्डे तथा मंगोलियाका मरालगु चोक्सोम्जाभ र मार्ता चोक्सोम्जाभको जोडी विजयी भए ।

ब्वाइज सिंगल्समा भारतका नाभ्या वर्मा, सेहजसिंह पवार र हर्ष फोगात तथा ताइपेईंका काइ इन याङले जित आत्मासात् गरे । गल्र्स सिंगल्समा मंगोलियाका मार्ता र मरालगु, भारतका सौम्य रोन्डे तथा भारतका सेरेना रोड्रिक्सले जित निकाले ।