इङ्लिस प्रिमियर लिग

जियच भित्र्याउने पिएसजीको चाहना

पेरिस । फ्रेन्च क्लब फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन(पिएसजी) ले मोरोक्को तथा चेल्सीका विंगर हाकिमी जियचलाई अनुबन्धन गर्न इच्छा देखाएको छ ।

टोलीलाई  सन्तुलित बनाउन इङ्लिस क्लब चेल्सी जियाचलाई बेच्न चाहान्छ । त्यस्तै जियच पनि चेल्सी छाडेर नयाँ क्लब जान चाहन्छन् ।

पिएसजीले छिटोभन्दा छिटो जियाच भित्र्याउने तयारी गरेको हो । ‘फाइनान्सियल फियर प्ले’ नियमका कारण जियचलाई पिएसजीले लोनमा लिन सक्ने  समाचार बाहिर आएका छन् ।

जियच अनुबन्धका लागि प्रिमियर लिगकै क्लब न्युकासल युनाइटेड र एभर्टनले पनि इच्छा देखाइ रहेका छन् ।

पिएसजी इन्टरका रक्षक मिलान स्क्रिनियारलाई पनि अनुबन्धन गर्ने प्रयासमा छ ।