नेपाल क्रिकेट संघ

क्यानद्धारा पोखरा क्रिकेट मैदानको अवलोकन

तस्बिर : सुदर्शन रञ्जित पोखरा

पोखरा । नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठक मंगलबार पोखरामा बस्दैछ । बैकअघि क्यानले पोखरा रंगशाला स्थित पोखरा क्रिकेट मैदानको अवलोकन गरेका छन् ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्द,कार्यवाहक सचीव, कोषाध्यक्ष रोशन सिंह तथा केन्द्रीय कार्यसमितिका सदस्यहरू, गण्डकी प्रदेश प्रादेशिक क्रिकेट संघका पदाधिकारीहरुले मैदानको अबलोकन गरेका हुन् ।

यो समूहले मैदानको स्तरोन्नति गर्ने सम्बन्धमा गण्डकी प्रदेश सरकारका खेलकुद मन्त्री  पच्चराम गुरुङ, राखेप बोर्ड सदस्य राजेश गुरुङ लगायतको टोलीसँग छलफल पनि गरेको छ ।

आजको कार्यसमितिको बैठक विशेषः दुई बुदामा रहने एक केन्द्रिय सदस्यले खेलाडीलाई बताए । पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने र निकै विवाद बनेको नेपाल टी२० लिगको समिक्षा गर्ने बताइएको छ।

यसैगरी आईसिसी विश्वकप लिग दुई प्रतियोगिता सम्बन्धमा, काठमाडौंमा आयोजना हुने लिग दुई प्रतियोगिता सम्बन्ध, युएईमा आयोजना हुने प्रतियोगिता, आईसिसी विश्वकप यु १९ पुरुष एसिया छनोट, एसिसी प्रिमियर कप काठमाडौंमा आयोजना हुने सम्बन्धमा, संघको वार्षिक साधारण सभा सम्बन्धमा, कार्यसम्पादन समितिको विस्तारसहित १७ बुँदाको एजेन्डामा छलफल हुनेछ ।

अधिकांश सदस्यहरुले नेतृत्वसँग  असन्तुष्टि जनाइरहेको बेला क्यानको बोर्ड बैठक उपत्यका बाहिर हुन लागेको हो ।