सीता राना मगर

सीताको टी २० वरीयता यथावत

काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीकी सदस्य सीता राना मगरको टी २० ब्याटिङतर्फको वरीयता यथावत रहेको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा सीता ६९ औं स्थानमा कायम रहेकी हुन् । सीताले तीन सय ४७ रेटिङ प्वाइन्ट प्राप्त गरेकी छन् ।

अस्ट्रेलियाकी ताहलिया म्याकग्राथ आठ सय तीन रेटिङ प्वाइनटका साथ ब्याटिङतर्फ शीर्ष स्थानमा छिन ।

बलिङतर्फको वरीयतामा नेपालकी कविता कुँवर पनि ९७ औं यथावत  छिन् । कविताले तीन सय ६३ रेटिङ प्वाइन्ट प्राप्त गरेकी छन् ।

बलिङतर्फको शीर्ष वरीयतामा सात सय ७३ रेटिङ प्वाइन्टका साथ इङ्ल्यान्डकी सोफी एक्लेस्टोन छिन्  ।

महिला टी २० वरीयतामा नेपाल एक सय १० रेटिङ प्वाइन्टका साथ १८ औं स्थानमा यथावत छ । वरीयताको शीर्ष स्थानमा रहेको अस्ट्रेलियाले दुई सय ९९ रेटिङ प्वाइन्ट प्राप्त गरेको छ ।