इङ्लिस प्रिमियर लिग

जनवरी ट्रान्सफमा कुनै खेलाडी अनुबन्ध गर्दैनौँः प्रशिक्षक मोयस

लण्डन । इङलिस प्रिमियर लिगको क्लब वेस्ट ह्याम युनाइटेका प्रशिक्षक डेभिड मोयसले जनवरी ट्रान्फरमा कुनै खेलाडी अनुबन्ध नगर्ने बताएका छन् ।

मोयसले समरमै सबै पैसा खर्च गरिसक्दा जनवरी ट्रान्सफमा कुनै पनि खेलाडीलाई अनुबन्ध नगर्ने बताएका हुन् ।

वेस्ट ह्यामले यसअघि एस्टन भिल्लाका स्ट्राइकर ड्यानी इङंसलाई क्लबमा अनुबन्ध गरेको थियो । हाल ड्यानी र रक्षक कर्ट जौमा चोटका कारण मैदान बाहिर छन् ।

एफए कपको चौथो चरणमा वेस्ट ह्यामले डर्बी कन्ट्रिमाथि २-० को जित निकालेको थियो ।  जितपछि मोयसले भने, ‘यदि दुवै खेलाडी फिट भएमा अन्य खेलाडी खरिद गर्नु पर्ने आवश्यकता  छैन ।’

वेस्ट ह्यामले ड्यानी घाइते भए पछि अर्का स्ट्राइकर माइकल एन्टोनिओलाई क्लब छाड्न नदिएको बताइएको छ । एन्टोनिओले यस सिजन वेस्ट ह्यामका लागि प्रिमियर लिगमा १९ खेल खेल्दै दुई गोल गरेका छन् ।

‘एन्टोनिओले क्लब छोड्ने सम्भावना छैन’,मोयसले भने, ‘फुटबलमा पैसाको कुरा आउँछ । तर, क्लब लाई माइकल बेच्न इच्छुक छैन’ ।