बायर्न म्युनिख

कान्सेलो अनुबन्ध नजिक बायर्न

काठमाडौं । जर्मन बुन्डेसलिगाको क्लब बायर्न म्युनिखले पोर्चुगिज रक्षक जाओ कान्सेलो अनुबन्ध  निजक पुगेकाे छ ।

बायर्न जनवरी ट्रान्सफर विन्डो बन्द हुनुअघि कान्सेलो अनुबन्ध गर्न चाहन्छ । विभिन्न सञ्चारमाध्यममा आएका खबर अुनसार बार्यनले इङ्लिस प्रिमियर लिगको क्लब म्याचेस्टर सिटीका रक्षक कान्सेलो अनुबन्धका लागि प्रस्ताव अगाडी बढाइसकेको छ । 

२८ वर्षीय  कान्सेलो २०१९ मा युभेन्ट्सबाट सिटी  भित्रिएका थिए । कान्सेलाेले  सिटीका लागि ९८ लिग खेलमा  पाँच गोल गरेका छन् ।