इङ्लिस प्रिमियर लिग

गोर्डन न्युकासलमा अनुबन्ध

काठमाडौं ।  इङ्लिस प्रिमियर लिगको क्लब न्युकासल युनाइटेडले युवा स्ट्राइकर एन्थोनी गोर्डन अनुबन्ध गरेको छ ।

न्युकासलले प्रिमियर लिगको अर्को क्लब एभर्टनबाट गोर्डनलाई अनुबन्ध गरेको हो । सम्झौता रकम नखुलाइए पनि यो ४५ मिलियन पाउन्डसम्मको हुन सक्ने विभिन्न सञ्चारमाध्यमले बताएका छन् ।

२१ वर्षिय इङ्लिस स्ट्राइकर गोर्डन ११ वर्षको उमेरदेखि एभर्टनमा आबद्ध थिए ।  उनले सन् २०१७ मा एभर्टनको सिनियर टोलीका लागि डेब्यु गरेका थिए ।

गोर्डनले एभर्टनका लागि ६५ प्रिमियर लिग खेलमा सात गोल गरे । गोर्डनले पछिल्लो समय इङ्ल्यान्डको दोस्रो डिभिजनको क्लब प्रिस्टोन नर्थ इन्डबाट लोनमा खेलिरहेका थिए ।

गोर्डन अनुबन्धका लागि चेल्सीले पनि चासो देखाएको थियो ।