नेपाली फुटबल

साफको उपाध्यक्षमा जोशीकै नाम सिफारिस

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले दक्षिण एसियाली फुटबल महासंघ (साफ) को उपाध्यक्षमा सुन्दर नरसिंह जोशीको नाम सिफारिस गरेको छ । साफको जुलाईमा हुने निर्वाचनको लागि अन्तिम नाम दर्ता गर्ने मिति हिजो (आइतबार) लाई रहेको थियो । 

एन्फाले सोहिअनुसार न्युरोड टिम एनआरटीका अध्यक्ष जोशीको नाम सिफारिस गरेको छ । ‘हामीले पुरानै नाम पठाएका छौंं,’ एन्फा उच्च स्रोतले खेलाडीलाई बतायो ।

आइतबार अन्तिम दर्ता मितिमा एन्फालाई एक उपाध्यक्ष तथा महिला र पुरुष सदस्यमा एक–एक नाम पठाउन अनुरोध गरिएको थियो । तर, एन्फाले उपाध्यक्षमा दाबी गर्दै जोशीको मात्रै नाम पठाएको हो ।

गत असारमा एन्फामा निर्वाचित अध्यक्ष पंकजबिक्रम नेम्बाङले पहिलो अवैधानिक बैठकबाट जोशीको नाम सिफारिस गरेका थिए । तर, पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पाको नाम पहिल्यै सिफारिस गरेपछि विवाद सृजना भएको थियो ।

असारमा सम्पन्न एन्फा निर्वाचनमा जोशी उपाध्यक्षमा पराजित भएका थिए । सोहि समूहबाट विराटजंग शाही, दावा लामा र दीपक खतिवडा निर्वाचित हुँदा शेर्पा पक्षबाट दीर्घबहादुर केसी (कुमार) निर्वाचित भए ।  

पराजित भएपछि जोशीलाई क्षतिपूर्ति स्वरुप एन्फाले नाम पठाएको थियो । तत्कालिन समय अध्यक्ष नेम्बाङको पक्षमा खुलेका जोशी र नेम्बाङको पछिल्लो समय सम्बन्ध चिसिएको छ ।  यदपि सत्तापक्ष जोशीलाई उपाध्यक्षमा निर्वाचित गराउँदै सम्बन्ध सुधार गर्ने पक्षमा देखिएको छ ।

साफको कंग्रेसले एक अध्यक्ष, दुई उपाध्यक्ष, साफलाई प्रतिनिधित्व गर्ने एक एएफसी कार्यसमिति सदस्य, दुई कार्यसमिति सदस्य र एक महिला कार्यसमिति सदस्य गरि सात सदस्यीय कार्यसमितिको चयन गर्नेछ । साफको सदस्यमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, भुटान,