क्रिकेट

भारत र न्युजिल्यान्डको टी ट्वान्टी बराबरीमा

काठमाडौं । भारत र न्युजिल्यान्डबीचको दुई टी ट्वान्टी शृंखला बराबरीमा पुगेको छ । सुर्यकुमार यादवले उत्कृष्ट प्रदर्शन गरेपछि भारत आइतबार राति लगातार दोस्रो हार टारेको थियो ।

खेलसँगै तीन टी ट्वान्टी शृंखला १–१ को बराबरीमा पुगेको हो । अन्तिम खेल मंगलबार हुनेछ । पहिलो खेलमा न्युजिल्यान्ड २१ रनले विजयी भएको थियो ।

लखनउमा न्युजिल्यान्डले प्रस्तुत गरेको ९९ रनको लक्ष्य भारतले एक बल अघि चार विकेट गुमाएर भेट्टाएको थियो । भारतको जितमा प्लेअर अफ दि म्याच सुर्यले ३१ बलमा एक चौकासहित २६ रन बनाएका थिए ।

यसैगरी इशान किशानले १९, कप्तान हार्दिक पाण्ड्याले १५, राहुल त्रिपाठीले १३,  सुबमन गिलले ११ र वासिंघटन सुन्दरले १० रन बनाएका थिए । बलिङतर्फ न्युजिल्यान्डका इश सोधी र मिचेल ब्राकवेलले समान एक विकेट लिएका थिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको न्युजिल्यान्डले खराव सुरुवात गरेको थियो । निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदा ९९ रनमात्रै बनाउन सक्यो । कप्तान मिचेल सान्टनेरले सर्वाधिक १९ रन बनाएका थिए । मार्क चापम्यान र मिचेल ब्राचवेलले समान १४ रन बनाए ।

फिन एलेन र डभोन कनवेले समान ११ बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । बलिङतर्फ भारतका शिभम मावीले दुई विकेट लिएका थिए । उनले दुई ओभरमा सात रन मात्रै खर्चिए । यसैगरी हार्दिक, वालिसंघटन, युजभेन्द्र चहल, दीपक हूडा, कुल्दिप यादवले समान एक विकेट लिए ।