आइसिसी महिला यु-१९ टी २० विश्वकप

यु-१९ विश्वकप विजेता भारतीय टोलीलाई बिसिसीआइले पाँच करोड दिने

काठमाडौं । दक्षिण अफ्रिकामा सम्पन्न भएको पहिलो संस्करणको आइसिसी महिला यु-१९ टी २० विश्वकपको च्याम्पियन टोली भारतले पाँच करोड भारतीय रुपियाँ प्राप्त गर्ने भएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआइ) ले च्याम्पियन टोलीलाई पुरस्कार रकमको घोषणा गरेको हो । बिसिसीआइका सचिव जय शाहले सामाजिक सञ्जालमार्फत च्याम्पियन टोलीलाई पाँच करोड भारु (८ करोड रुपैयाँ) पुरस्कार दिइने बताएका हुन् ।

भारत आइतबार राती सम्पन्न फाइनल खेलमा इङ्ल्यान्डलाई सात विकेटले हराउँदै च्याम्पियन बनेको थियो । आइसिसीले पहिलोपटक महिला यु-१९ टी २० विश्वकप आयोजना गरेको हो ।