बार्सिलोना

बार्सिलोनालाई ६ अंकको अग्रता

काठमाडौं । क्याटलान प्रतिद्वन्दी जिरोनालाई १–० ले हराउँदै स्पेनिस ला लिगामा बार्सिलोनाले ६ अंकको अग्रता बनाएको छ । जिरोनाको घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन पेड्रीले निर्णायक गोल गरेका थिए ।

जितसँगै बार्सिलोनाले शीर्षस्थानमा रियाल मड्रिडसँग ६ अंकको अग्रता बनाएको छ । एक खेल कम खेलेको रियालले १७ खेलबाट ४१ अंक जोडेको छ । आइतबार रियालले रियाल सोसिडाडसँग खेल्नेछ ।

जाभी होर्नान्डेजको प्रशिक्षणमा रहेको बार्सिलोनाले यस जितसँगै रियाल मड्रिडलाई उपाधिमा दवाव बढाएको छ । पछिल्लो आठ लिग खेलमा बार्सिलोनाले सात खेलमा जित निकालेको छ । शनिबार राति बार्सिलोनाले खेलको ६०औं मिनेटमा गोल गरेको थियो । जोर्डी अल्वाको पासमा पेड्रीले विजयी गोल गरे ।  

शीर्षस्थानको बार्सिलोनाविरुद्ध घरेलु मैदानमा जिरोनाले स्वभाविक खेल खेलेपनि फिनिसिङमा चुकेको थियो । औसमाने डेम्बेले घाइते हुँदा बार्सिलोनाको अट्याक भने कमजोर देखिएको थियो । बार्सिलोना सन् २०१८–१९ को सिजनपछि पहिलो पटक उपाधि जित्ने दाउँमा छ ।