इन्टर मिलान

मार्टिनेजको दुई गोलमा इन्टरको पुनरागमन जित

काठमाडौं । लौटारो मार्टिनेजको दुई गोल प्रेरित इन्टर मिलानले इटालियन सिरी ए मा पुनरागमन जित निकालेको छ । शनिबार राति भएको खेलमा इन्टरले क्रेमोनेसलाई २–१ ले हरायो ।

जिओभानी जिनी मैदानमा मार्टिनेजले पहिलो गोल गर्दै खेल हाफ समयमा बराबरीमा ल्याएका थिए । यसअघि डभिड अकेरेकले अप्रत्यासित गोल गर्दै ११औं मिनेटमा अग्रता दिलाएका थिए । ६५ओं मिनेटमा मार्टिनेजले विजयी गोल गरे ।

जितपछि इन्टरले २० खेलबाट ४० अंक जोडेको छ । टोली दोस्रो स्थानमा उक्लिएको छ । १०अंकको अग्रता बनाउँदै एक खेल खेलेको नापोली शीर्षस्थानमा छ ।

कतार विश्वकप च्याम्पियन मार्टिनेज सिरी ए मा फरक चार सिजन १० भन्दा बढि गोल गर्ने तेस्रो खेलाडी बनेका छन् । स्टेफानो नेयर्स र माउरो इकार्डीले सर्वाधिक पाँच पटक फरक सिजन गोल गरेका छन् ।