इङ्लिस प्रिमियर लिग

काइसेडोलाई क्लबमै रहन प्रशिक्षक जर्बीको आग्रह

काठमाडौं । इङ्लिस प्रिमियर लिगको क्लब ब्राइटनका प्रशिक्षक रोबर्टो डे जर्बीले आफ्ना युवा मिडफिल्ड मोइसेसलाई क्लबमै रहन आग्रहा गरेका छन् ।

डे जर्बीले अहिले ठूला क्लबको नजरमा परेका काइसेडोलाई कम्तिमा पनि सिजनको अन्त्य लागि एमेक्स स्टेडियममा रहन आग्रह गरेका हुन्।

‘काइसेडो एक राम्रा खेलाडी हुन्। मलाई लाग्छ उसले ब्राइटनमा मात्र ध्यान केन्द्रित गरेको छ’,डे जर्बीले भने,‘म उनलाई कम्तीमा पनि सिजनको अन्त्य सम्म क्बमै रहन अग्रह गर्छु र मलाई विश्वास छ उनी हामीसँगै हुनेछन् । यसले क्लब र काइसेडो दुवैका लागि फाइदा हुनेछ ।’

ब्राइटनले अघिल्लो साता मात्र काइसेडोको लागि चेल्सको ५० मिलियन पाउन्डको प्रस्ताव अस्विकार गरेको थियो । लिग लिडर  आर्सनलले  काइसेडोलाई भित्र्याउन ६० मिलियन पाउन्डको प्रस्ताव गरेको बताइएको छ ।

इक्वेडरका २१ वर्षिय मिडिफिल्डर काइसेडोले पनि  ब्राइटन छाड्न चाहेको बताएका छन् ।

‘मलाई थाहा छ, एउटा खेलाडीकोठूलो क्लबबाट खेल्न चाहना हुन्छ र उ त्यसलाई गुमाउँन चाँहैन’, डे जर्बीले भने,‘ एउटा प्रशिक्षकको नाताले म खेलाडीलाई खेल्ने अवसर र करिअरको बारेमा सल्लाह मात्र दिन सक्छु ।’