टाईगर कप

टाईगर कपः आर्मीलाई हराउँदै पुलिस तेस्रो

फाइल फोटो

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले पोखरामा जारी तेस्रो टाईगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको तेस्रो स्थान हासिल गरेको  छ ।  

पोखरा रंगशालाको प्राङ्गणमा शनिबार सम्पन्न पुरुषर्फको तेस्रो स्थानका लागि भएको खेलमा पुलिसले साबिकको विजेता त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा पराजित गरेको हो ।  

पहिलो सेट २२-२५ ले गुमाए पनि पुलिसले उत्कृष्ट पुनरागमन गर्दै त्यसपछिका तीन सेट २५-१८, २५-२१  र  २५-२० ले आफ्नो पक्षमा पारेको हो ।

तेस्रो स्थान हासिल गरेसँगै पुलिसले एक लाख २५ हजार तथा चौथो भएको अर्माीले ६५ हजार रुपैयाँ प्राप्त गरे ।

सेमिफाइनलमा  पुलिस एपिएफसँग १०-२५, २१-२५, र १८-२५ तथा आर्मी गण्डकी प्रदेशसँग २३-२५, २३-२५ र १६-२५ ले पराजित भएका थिए ।

शनिबार हुने फाइनलमा एपिएफ र गण्डकी प्रदेश भिड्ने छन् ।

 यसैगरी महिलातर्फ फाइनलमा एपिएफ र आर्मीबीच शनिबार नै प्रतिस्पर्धा हुनेछ । शुक्रबार सम्पन्न महितातर्फ तेस्रो स्थानका लागि भएको खेलमा न्यु डायमन्ड युथ स्पोर्टस क्लबले घरेलु टोली गण्डकीलाई २५-१९, २५-१६  र  २५-१६ ले पराजित गरेको थियो ।