इङ्लिस प्रिमियर लिग

गोर्डोन अनुबन्धका लागि न्युकासल सहमत

काठमाडौं । प्रिमियर लिग क्लबको न्युकासल युनाइटेडले युवा विंगर एन्थोनी गोर्डोन अनुबन्ध गर्न सहमत भएको छ ।

बिबिसीका अनुसार प्रिमियर लिगको अर्को क्लब एभर्टनका विंगर गोर्डोनलाई ४५ मिलियन पाउन्डमा अनुबन्ध गर्नका लागि न्युकासल सहमत भएको हो ।

गोर्डोन अनुबन्धको प्रक्रिया यसै हप्ता पूरा हुने बताईएको छ । यसअघि गोर्डोन अनुबन्धका लागि चेल्सीले प्रस्ताव गरेको भए पनि एभर्टनले प्रस्ताव अस्विकार गरेको थियो ।

इङ्ल्यान्डको यु-२१ टोलीका सदस्य गोर्डोन एभर्टनका लागि ६५ प्रिमियर लिग खेलमा सात गोल गरे । गोर्डनले पछिल्लो समय इङ्ल्यान्डको दोस्रो डिभिजनको क्लब प्रिस्टोन नर्थ इन्डबाट लोनमा खेलिरहेका छन् ।