बार्सिलोना

अलन्सोले गरे बार्सिलोनासँगको सम्झौता नवीकरण

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका रक्षक मार्कोस अलन्सोले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।

अलन्सोले थप एक वर्ष क्लबका लागि सम्झौता नवीकरण गरेको बार्सिलोनाले जनाएको हो । उनी सन्  २०२४ सम्म क्लबमै रहने छन् ।

३२ वर्षीय अलन्सोले बार्सिलोनाका लागि १० लिग खेलमा १ गोल गरेका छन् । बार्सिलोनाले स्पेनिस रक्षकलाई गत वर्ष  इङ्लिस प्रिमियर लिगको क्लब चेल्सीबाट फ्री ट्रान्सफरमा अनुबन्ध गरेको थियो ।

चेल्सीमा ६ वर्ष बिताएर अलन्साे  क्याम्प नाेउ भित्रिएका हुन् ।