इङ्लिस प्रिमियर लिग

काइसेडोका लागि आर्सनल ७५ मिलियन पाउन्ड तिर्न तयार

काठमाडाैं । इङ्लिस प्रिमियर लिगको क्लब आर्सनल इक्वेडरका मिडफिल्डर मोइसेस काइसेडोलाई अनुबन्धन गर्नका लागि  ७५ मिलियन पाउन्डसम्म तिर्न तयार भएको छ । 
 

जारी सिजन काइसेडो उच्च लयमा छन् । काइसेडोकै व्यत्तिगत प्रदर्शनको मद्दतमा राम्रो प्रदर्शन गरिरहेको ब्राइटन अहिले  प्रिमियर लिगको छैटौँ स्थानमा छ । 

देशका लागि २८ खेल खेलेका काइसेडोले कतार विश्वकप २००२ मा प्रभावशाली प्रदर्शन गरेका थिए । उनले समूह चरणमा सेनेगलविरुद्ध एक गोल पनि गरेका थिए । 
 

आर्सनल काइसेडोका लागि ७५ मिलियन पाउन्ड तिर्न तयार भए पनि ब्राइटन एक सय मिलियन चाहन्छ । यसअघि  ब्राइटनले चेल्सीको ५० मिलियनको प्रस्ताव अस्विकार गरेको थियो ।