एट्लेटिको मड्रिड

तत्काल क्लब छाड्ने योजना छैनः सिमोन

काठमाडौं । स्पेनिस क्लब एट्लेटिको मड्रिडका सिमोनले तत्काल क्लब छाड्ने योजना नरहेको बताएका छन् ।

बिहिबार राति सम्पन्न कोपा डल रेको क्वाटरफाइनलमा सहरी प्रतिद्धन्द्धी रियाल मड्रिडसँग ३-१ ले पराजित भएपछि पत्रकारसँग कुराकानी गर्दै सिमानेले आफु खुसी रहेको भन्दै तत्काल क्लब छाड्ने योजना नरहेको बताएका हुन् ।

ला लिगामा चौथो स्थानमा रहेको एट्लेटिको शीर्ष स्थानको बार्सिलोना भन्दा १३ अंकले पछाडी छ ।

‘म एट्लेटिकोमा आए देखि नै खुसी छु’ सिमोनले भने,‘ तत्काल क्लब छाड्ने योजना छैन । क्लबमा रहँदासम्म आफ्नोतर्फबाट शतप्रतिशत दिने प्रयाय गर्नेछु।’ 

सिमोनले सन् २०११ देखि एट्लेटिकोको प्रशिक्षण सम्हाली रहेका छन् ।