क्रिस्चियन पुलिसिक

पुलिसिक भित्र्याउने चाहनामा एसी मिलान

काठमाडौं ।  इटालीकाे एसी मिलानले इङ्लिस प्रिमियर लिगको क्लब चेल्सीका विंगर क्रिस्चियन पुलिसिक भित्र्याउने इच्छा देखाएको छ ।

अहिले चोटमा कारण पुलिसिक मैदान बाहिर छन् तर उनी निको हुँदै फर्किएपछि टोलीमा स्थान बनाउनका लागि माइखाइलो मुड्रिक, नोनी माडुके र जाओ फेलिक्ससँग प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ ।  त्यसैले पनि पुलिसिकले चेल्सी छाड्ने अनुमान गरिएको हाे ।

स्पेनिस पत्रिका मार्काका अनुसार प्रिमियर लिगकै अर्को क्लब न्युकासल युनाइटेड पनि पुलिसिक अनुबन्ध गर्ने लक्ष्यमा छ तर यो दौडमा इटालियन सिरी ए क्लब मिलान नै अगाडी देखिन्छ ।

चेल्सीसँग पुलिसिकको सम्झौता सन् २०२४ को जुनसम्म छ तर,अहिले नै कुनै नयाँ सहमति नभएको खण्डमा उनी बाहिरिने लगभग निश्चित छ ।

सन् २०१९ मा जर्मन बुन्डेसलिगाकाे  क्लब बोरुसिया डर्टमन्डबाट स्टामफोर्ड ब्रिज भित्रिएका अमेरिकी विंगरले चेल्सीका लागि ९० प्रिमियर लिग खेल खेल्दा २० गोल गरेका छन् ।