टाईगर कप

टाईगर कपः गण्डकी सेमिफाइनलमा

काठमाडौं । घरेलु टोली गण्डकी प्रदेशले पोखरामा जारी तेस्रो टाईगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ ।  

पोखरा रंगशालाको प्राङ्गणमा बिहिबार सम्पन्न पुरुषर्फको  खेलमा गण्डकीले पाहुना टोली श्रीलंकाको सेन्ट जोसेफ वाज स्पोर्टस् क्लबलाई ३-० को सोझो सेटमा  पराजित गरेको हो ।  

गण्डकीले खेल २६-२४, २५-१४ र २५-२३ ले आफ्नो पक्षमा पारेको हो ।

यस जितसँगै गण्डकीले चार खेलमा आठ अंक जोड्दै दोस्रो स्थान पक्का गर्दा चारै खेलमा पराजित हुँदै एक अंक जोडेको सेन्ट जोसेफ अन्तिम स्थानमा रहँदै बाहिरिएको छ ।

यसैगरी महिलातर्फ विभागिय टोली नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबले फाइनलमा स्थान बनाएका छन् ।

बिहिबार सम्पन्न पहिलो सेमिफाइनलमा साबिकको विजेता एपिएफले गण्डकी प्रदेशलाई २५-१३, २५-१७ र २५-२१ तथा आर्मी दोस्रो सेमिफाइनलमा न्यु डायमन्ड युथ स्पोर्टस् क्लबलाई २३-२५, २५-१३, २५-२२ र २५-१२  फाइनल पुगेका हुन् ।