नेपाल टी २० लिग

सेभेन थ्री स्पोर्टससँग सम्झौता गर्नु गल्ती थियोः अध्यक्ष चन्द

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले नेपाल टी २० लिगका लागि भारतीय कम्पनि सेभेन थ्री स्पोर्टससँग सम्झौता गर्नु गल्ति भएको स्वीकार गरेका छन् ।

क्यानले बिहिबार गरेको पत्रकार सम्मेलनमा अध्यक्ष चन्दले  सेभेन थ्री स्पोर्टससँगको सम्झौतामा क्यानले गल्ती गरेको स्वीकार गर्दै आगामी दिनमा यसलाई सच्याएर अघि बढ्ने बताएका हुन् ।

क्यानले प्रतियोगिताका लागि ब्यवसायीक र रणनीतिक साझेदारको रुपमा सेभेन थ्री स्पोर्टससँग आठ वर्षको सम्झौता गरेको थियो । चन्दले सेभेन थ्री स्पोर्टस सम्झौता अनुसार काम नगरेर बीचमा धोका दिएको समेत बताए ।  

सम्झौताअनुसार काम अघि बढाउन सेभेन थ्री स्पोर्टसलाई दबाव दिन नसक्नु कमजोरी भएको उनले बताए । चन्दले भने,‘श्रम स्वीकृति पनि ढिला भयो । यसले एकपछि अर्को विवाद आयो । यसमा आयोजक क्रिकेट संघको पनि कामजोर रह्यो । यसलाई हामी स्वीर्काछौं ।’

चन्दले नेपाल टी २० लिगमा सहभागि पाँच फ्रेन्चाइज टोलीका खेलाडीले पैसा पाइसकेको र एक टोलीका खेलाडीले केहि दिनमा पाउने जानकारी दिएका छन्  । उनले खेलाडीको सबै रकम क्लियर हुन केहि भने महिना लाग्ने जनाकारी दिए ।

अध्यक्ष चन्दले स्पट फिक्सिङमा क्यानका कुनै पनि पदाधिकारीको संलग्न भए कारबाही भोग्न तयार रहेको बताए ।

यसैगरी चन्दले नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेको विषयमा नेपालको विद्यमान कानूनले जे अनुमति दिन्छ त्यही अनुसार अघि बढ्ने बताएका छन् ।

‘आइसिसीले पनि नेपालको कानुनले जे भन्छ, त्यही अनुसार गर भनेको छ,’ चन्दले भने, ‘अब कसरी अघि बढ्ने भनेर हामी सरोकारवालासँग छलफलमा छौं ।’

सन्दीपविरुद्ध गत भदौ २१ गते प्रहरी बृत्त गौशालामा एक बालिकालाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो ।

 बलात्कारको आरोप लागेपछि क्यानले सन्दीपलाई निलम्वन गरेको थियो । सन्दीप गत असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

सन्दीप उच्च अदालत पाटनको आदेशपछि २० लाख रुपैयाँ धरौटि बुझाएर पुस २९ मा रिहा भएका थिए । थुनामुक्त भएपनि सन्दीप क्रिकेटमा फर्कने नफर्कने टुंगो लागेको छैन । उनीविरुद्धको मुद्दा अझै विचारधिन अवस्थामा छ ।