बार्सिलाेना

बढ्दो आत्मविश्वासले डेम्बेलेको प्रदर्शनमा सुधार ल्यायोः जाभी

काठमाडाैं  ।  स्पेनिस ला लिगाकाे क्लब बार्सिलाेनाका प्रशिक्षक जाभी  हर्नान्डेजले बढ्दो आत्मविश्वासका कारण विंगर ओस्माने डेम्बेलेले जारी सिजनमा उत्कृष्ट खेलिरहेको बताएका छन् ।

बुधबार राति  डेम्बेलेको एकमात्र गोलमा बार्सिलोनाले रियल सोसिडाडलाई १-० ले पराजित गर्दै कोपा डेल रे को सेमिफाइनलमा पुगेको थियो ।

  उक्त  खेलमा डेम्बेलेले ११ ड्रिबल गरेका थिए । जुन जारी सिजन एकै खेलमा कुनै पनि खेलाडीले गरेको सवार्धिक ड्रिबल हो ।

जितपछि बोल्दै जाभीले आफुले बार्सिलोनाको जिम्मेवारी सम्हाले देखि नै डेम्बेलेलाई आत्मविश्वास दिइरहेको र यसको प्रतिफल पाएको बताए ।

‘हामीले डेम्बेलेलाई धेरै आत्मविश्वास दियौँ । मैले उसलाई धेरै विश्वास गरेँ,’ जाभीले भने, ‘डेम्बेलेले हामीलाई धेरै दिन सक्छन् भन्ने कुरा मलाई पहिले देखि नै थाहा थियो ।’