अस्ट्रेलियन ओपन

रेबाकिना पहिलो पटक अस्ट्रेलियन ओपनको फाइनलमा

काठमाडौं । काजकिस्तानकी इलिना रेबाकिना वर्षको पहिलो ग्रान्डस्लाम टेनिस प्रतियोगिता अस्ट्रेलियन ओपनको फाइनलमा प्रवेश गरेकी छन् ।

२२ औं वरीयताकी रेबाकिनाले सेमिफाइनल अन्तर्गत बिहिबार सम्पन्न खेलमा बेलारुसकी भिक्टोरिया अजारेन्कालाई २-० को सोझो सेटमा पराजित गरेकी हुन् ।

मेलबर्नस्थित रोड लेभर एरिनामा रेबाकिनाले खेल ७-६(७-४) र ६-३ ले खेल आफ्नो पक्षमा पार्दै पहिलो पटक अस्ट्रेलियन ओपनको फाइनलमा स्थान बनाइन् ।

रेबाकिना लाल्भियाकी जेलिना ओस्टापेन्कोलाई ६-२ र ६-४ तथा अजारेन्का अमेरिकी खेलाडी जेसिका पेगुलालाई ६-४ र ६-१ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका थिए ।