इङ्लिस प्रिमियर लिग

गाक्पोले छिट्टै लय भेट्टाउने कोम्यानको विश्वास

लन्डन । रोनाल्ड कोम्यानले कोडी गाक्पोको इङ्लिस प्रिमियर लिगको क्लब लिभरपुल जाने निर्णय सही भएको र उनले त्यहाँ धेरै कुराहरु सिक्ने बताएका छन ।

कतार विश्वकप २०२२ मा समूह चरणका तीनवटै खेलमा गोल गर्दै आफ्नो प्रभाव प्रमाणित गरेका गाक्पो यसै महिनाको सुरुआतमा पिएसभीबाट एन्फिल्ड भित्रिएका थिए । लिभरपुलले गाक्पोलाई  ३७ मिलियन युरोमा भित्राएको हो ।

गाक्पोले पिएसभीका लागि २१ गोल गरेका थिए भने २५ गोलका लागि असिस्ट गरेका थिए ।

यद्धपी लिभरपुल आगमनपछि चार खेलमा अवसर पाए पनि गाक्पोले गोल खाता भने खोल्न सकेका छैनन । 

क्योम्यान गाक्पोले छिट्टै लय भेट्टाउनेमा विश्वस्त देखिएका छन ।

कोडी गाक्पोको एन्फिल्ड आउने निर्णय सही छ, क्योम्यानले भने, उनी युवा छन र यहाँ धेरै सिक्ने अवसर पाउछन । उनले छिट्टै स्वभाविक लय भेट्टाउनेमा म विश्वस्त छु । लिभरपुल खराब लयबाट गुज्रिरहेको छ । गाक्पो लिभरपुलको स्वभाविक लयको पुनरागमनको लक्ष्यमा पनि महत्वपूर्ण सदस्य बन्नेछन ।