फ्रेन्ड्स क्लब

गोलकिपर विशालले फ्रेन्ड्सबाट ए डिभिजन लिग खेल्ने

फाइल फोटो

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगकाे क्लब फ्रेन्ड्सले गोलकिपर विशाल सुनारलाई अनुबन्ध गरेको छ ।

फ्रेन्ड्सले सामाजिक संजाल फेसबुमार्फत नयाँ सिजनका लागि दोस्रो खेलाडीका रुपमा गोलकिपर विशाललाई अनुबन्ध गरिएको जनाएको हो  ।

यसअघि फ्रेन्ड्सले स्ट्राइकर राजेश परियारलाई अनुबन्ध गरेको थियो । विशालले अघिल्लो सिजन मनाङ मर्स्याङ्दी क्लबबाट शीर्ष डिभिजन लिग  खेलेका थिए ।

डबल राउन्ड रोबिनका आधारमा संञ्चालन हुने नयाँ सिजनको ए डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ ।

फ्रेन्ड्सले उद्घाटन खेलमा नवप्रवेशी एफसी खुमलटारसँग खेल्दै नयाँ सिजनको सुरुआत गर्नेछ ।