अस्ट्रेलियन ओपन

रेबाकिना सेमिफाइनलमा

काठमाडौं । काजकिस्तानकी इलिना रेबाकिना वर्षको पहिलो ग्रान्डस्लाम टेनिस प्रतियोगिता अस्ट्रेलियन ओपनको सेमिफाइनलमा प्रवेश गरेकी छन् ।

२२ औं वरीयताकी रेबाकिनाले क्वाटरफाइनल अन्तर्गत मंगलबार सम्पन्न खेलमा लाल्भियाकी जेलिना ओस्टापेन्कोलाई २-० को सोझो सेटमा पारजित गरेकी हुन् ।

मेलबर्नस्थित रोड लेभर एरिनामा रेबाकिनाले खेल ६-२ र ६-४ ले आफ्नो पक्षमा पार्दै पहिलोपटक अस्ट्रेलियन ओपनको सेमिफाइनलमा स्थान सुरक्षित गरिन् । 

रेबाकिना विश्व नम्बर एक पोलिस खेलाडी इगा स्वायटेकलाई ६-४ र ६-४ तथा ओस्टापेन्को अमेरिकी खेलाडी कोको गौफ लाई ७-५ र ६-३ ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेका थिए ।