अस्ट्रेलियन ओपन

वाकओभर पाउँदै खाचानोभ सेमिफाइनलमा

रुसी खेलाडी करेन खाचानोभ अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिताको सेमिफाइनमा प्रवेश गरेका छन् ।

खाचानोचले क्वाटरफाइनल अन्तर्गत मंगबारको खेलमा अमेरिकी खेलाडी सेबास्टियन कोर्डाबाट वाक ओभर पाएका हुन् ।

मेलबर्नस्थित रोड लेभर एरिनामा सुरुआती दुई सेट खानानोचले ७-६(७-५) र ६-३ ले आफ्नो पक्षमा पारेका थिए । तेस्रो सेटमा खाचानोभ ३-० ले अघि रहेको अवस्थामा घाइते भएपछि कोर्डाले खेल त्यागेका थिए ।

खाचानोभ जापानका योशिहितो निशिओकालाई ६-०, ६–० र ७-६(७-४) तथा कोर्डा पोलिस खेलाडी होवर्ट हुर्काजलाई ३-६, ६-३, ६-२, १-६ र ७-६(१०-७) ले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेका थिए ।