साफ यु-२० महिला च्याम्पियनसिप

साफ यु-२० महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

काठमाडौं ।  बंगलादेशको ढाकामा हुने साफ यु-२० महिला च्याम्पियनसिपका  नेपाली राष्ट्रिय फुटबल टोली

अखिल नेपाल फुटबल संघ (एन्फा) सोमबार प्रीती राईको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो ।

मुख्य प्रशिक्षक यम गुरुङले बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट २३ सदस्सीय टोलीको घोषणा गरेको एन्फाले जनाएको छ ।

प्रतियोगिता २०२३ को फेब्रुअरी ३ देखि ९ सम्म आयोजना हुनेछ ।

प्रतियोगितामा नेपाल, आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ ।

राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

नेपालले फेब्रुअरी ३ मा आयोजक बंगलादेशसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यसैगरी नेपालले फेब्रुअरी ५ मा भुटान र फेब्रुअरी ७ मा भारतसँग खेल्नेछ ।

नेपाली टोली

गोलकिपरः कविता विक, सावित्री किशन, लिला जोशी

रक्षकः सबिना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भुलन, दिव्या मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ

मिडफिल्डरः प्रीती राई (कप्तान), तुलसा बोहरा, कुसुम खतिवडा, दीपा शाही, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई,  अञ्जली माचामासी, सरस्वती हमाल,

स्ट्राइकर: अमिषा कार्की, गरिमा राई, ममता पुन,  अञ्जली चन्द