आइसिसी य-१९ पुरुष विश्वकप एसिया छनोट

यु-१९ विश्वकप छनोटः नेपालले पहिलो खेलमा सिंगापुरको सामना गर्ने

काठमाडौं । युएईमा हुने आइसिसी य-१९ पुरुष विश्वकप एसिया छनोटको खेल तालिका सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार आइसिसीले खेलतालिका सार्वजनिक गरेको जनाएको हो । सार्वजनिक खेल तालिका अनुसार नेपालले फेब्रुअरी २४ मा सिंगापुरसँग खेल्दै छनोटको सुरुआत गर्नेछ ।


यसैगरी नेपालले फेब्रअरी २५ मा कुबेत, फेब्रअरी २७ मा हङकङ,फेब्रअरी २८ मा मलेसिया तथा मार्च २ मा घरेलु टोली युएईको समाना गर्नेछन । सबै खेलहरु नेपाली समयअनुसार बिहान १०स्४५ मा हुनेछ ।

राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने य-१९ विश्वकपका लागि छनोट हुनेछ।

नेपालले आइतबार  प्रतियोगिताका लागि १४ सदस्सीय टोलीको घोषणा गरिसकेको छ ।

क्यानले  बन्द प्रशिक्षणमा रहेका २८ खेलाडीबाट १४ जनालाई समेट्दै  नेपाली टोली घोषणा गरेको हो । क्यानले घोषणा गरेको टोलीमा चार वैकल्पिक खेलाडी छन् ।

नेपाली टोलीः देव खलान, गुल्सन झा, दुर्गेश गुप्त, अर्जुन कुमाल, हेमन्त धामी, दिपक बोहरा, आकाश त्रिपाठी,  उत्तम थापा मगर ,दीपेश कँडेल, सुवास भण्डारी, दीपक बोहरा, विशाल केसी, मिलन बोहरा, दीपक डुम्रे 
 

वैकल्पिक खेलाडीः प्रज्वल थापा, तुलबहादुर थापा, राजेश यादव, निर्मल थापा