आइसिसी महिला यु-१९ टी २० विश्वकप

पाकिस्तानले आयरल्यान्डलाई हरायो

काठमाडौं । पाकिस्तान आइसिसी महिला यु-१९ टी २० विश्वकपको सुपर सिक्स अन्तर्गको खेलमा विजयी भएको छ ।

समूह दुई अन्तर्गत नर्थ वेस्ट युनिभरसिटीको क्रिकेट मैदानमा सोमबार सम्पन्न खेलमा पाकिस्तानले आयरल्यान्डलाई सात विकेटले पराजित गरेको हो ।

आयरल्यान्डले प्रस्तुत गरेको एक सय १४ रनको लक्ष्य पाकिस्ताले १७.३ ओभरमा तीन विकेट गुमाउँदै भेट्टायो । पाकिस्तानका लागि कप्तान सायदा शाहले ३५, यसान फतिमाले २५, वर्दा युसफले अविजित २४ र  सवाल जुल्फिकरले १८ रन जोडे ।

आयरल्यान्डका लागि  जर्जिनिया डेम्पसी, फ्रेया सर्जेन्ट र  जारा क्रेइगले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको आयरल्यान्डले  निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय १३ रनको योगफल तयार पारेको थियो ।  आयरल्यान्डका लागि एनाबकेल स्क्विरेसले  ५२ बलमा पाँ चौका मद्दतमा अविजित ५५ र जारा क्रेइगले १७ रन जोडे ।

पाकिस्तानका लागि  अनोशा नसिर र  रिदा अस्लमले समान दुई तथा अरिशा नुर र महनुर अस्लमले समान एक विकेट लिए ।

सुपर सिक्स अन्तर्गत सोमबार नै सम्पन्न समूह एकको खेलमा अस्ट्रेलियालाई चार विकेटले पराजित गरेको थियो ।