अञ्जन विष्ट

अञ्जनसम्मिलित केन्क्रे खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर अञ्जन विष्ट सम्मिलित केन्क्रे एफसीले आईलिगअन्तर्गत सोमबार श्रीनिधि डेकनसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार राति सँवा सात बजे सु? हुनेछ ।

अञ्जनलाई आई लिग क्लब मुम्बई केन्क्रे एफसीले जारी सिजनका लागि अुनबन्ध गरेको हो । अनुबन्धनसँगै अञ्जन शनिबार आइ लिगका लागि भारत प्रस्थान गरेका थिए । श्रीनिधिवि?द्ध अञ्जनले डेब्यु गर्न सक्ने सम्भावना रहेको छ ।

जारी लिगमा केन्क्रे १२ खेलबाट दश अंकका साथ लिगको ११ औं स्थानमा रहँदै रेलिगेसन क्षेत्रमा छ । श्रीनिधि समान खेलबाट २५ अंकसहित शीर्षस्थानमा छ ।

चर्च ब्वाइज युनाइटेडमा अनुबन्धित अन्जन आगमी मार्चमा आइ–लिग सिजन सकिएपछि ए डिभिजन लिगका लागि नेपाल फर्किनेछन् । ए डिभिजन लिग फागुन १९ बाट सु? हुनेछ ।

नेपाली टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ पञ्जाब एफसीसँग आइ लिग खेलिरहेका छन् । केन्क्रे र पञ्जाबबीच फेब्रुअरी एकमा प्रतिस्पर्धा हुने तालिका छ ।