अस्ट्रेलियन ओपन

सावालेन्का क्वार्टरफाइनलमा प्रवेश

सिड्नी ।बेलिन्डा बेन्सिचमाथिसहज जितसहित अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलमा प्रवेश गरेसँगै आर्यना सावालेन्काले थप उपलब्धीको संघारमा पुगेको प्रतिक्रिया दिएकी छिन ।

सावालेन्काले सोमबार रड लाभर एरेनामा बेन्सिचमाथि ७–५,६–२ को जित निकालिन । उनले क्वार्टरफाइनलमा डोना भेकिचको सामना गर्नेछिन ।

वर्षको पहिलो ग्रान्ड स्लामको रुपमा रहेको अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलसम्मको यात्रा तय गर्ने क्रममा सावालेन्काले पछिल्लो चार खेलमा कुनै पनि सेट गुमाएकी छैनन । सावालेन्काले हालै मात्र एडिलेड ओपन जितेकी थिइन । 

उनले गत वर्ष लगातार दोस्र्रो पटक युएस ओपनको सेमिफाइनलसम्मको यात्रा तय गरेकी थिइन । तर उनी ग्रान्ड स्लामको फाइनल भने प्रवेश गर्न सकेकी छैनन ।

‘म उच्च लयमा छु,’ उनले भनिन, ‘आशा छ मैले यस पटक ग्रान्ड स्लाममा नयाँ उपलब्धी हासिल गर्नेछु । यो नयाँ सुरुआत हो ।’ 

भेकिचले चेक रिपब्लिककी लिन्डा फ्रभिक्रोभालाई ६–२,१–६,६–३ ले हराइन ।