सहिद स्मारक ए डिभिजन लिग

राजेशले फ्रेन्ड्सबाट ए डिभिजन लिग खेल्ने

काठमाडौं । स्ट्राइकर राजेश परियार फ्रेन्ड्स क्लबबाट सहिद स्मारक ए डिभिजन लिग खेल्ने भएका छन् ।

फ्रेन्ड्सले आइतबार सामाजिक संजाल फेसबुकबाट फरवार्ड राजेशलाई अनुबन्ध गरेको जनाकारी गराएको हो । क्लबले नयाँ सिजनको ए डिभिजन लिगका लागि पहिलो खेलाडीको रुपमा राजेशलाई अनुबन्ध गरेको हो ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्दाको नेपाली टोलीको सदस्य राजेशले गत सिजन न्युरोड टिम (एनआरटी) बाट शीर्ष डिभिजन लिग खेलेका थिए । उनीसँग एआरए एफसी अहमदाबादबाट भारतको दोस्रो डिभिजन लिग अनुभव पनि छ ।

डबल राउन्ड रोबिनका आधारमा संञ्चालन हुने नयाँ सिजनको ए डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ ।

फ्रेन्ड्सले उद्घाटन खेलमा  नवप्रवेशी एफसी खुमलटारसँग खेल्दै नयाँ सिजनको सुरुआत गर्नेछ ।